
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज दिउँसो विपक्षी दलहरूको बैठक बोलाएको छ ।
दिउँसो १ बजे कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा नेकपा एमालेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बोलाइएको छ ।
बैठकमा कांग्रेसले सरकारको पछिल्लो कामकारबाही, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप, संविधानमाथिको हस्तक्षेपलगायतका विषयमा छलफल हुने नेपाली कांग्रेसका एक पदाधिकारीले बताए ।
यसअघि आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले विधिको शासन, प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकार अघि बढे यसविरुद्ध प्रतिरोध गर्ने उद्देश्यका साथ विपक्षीहरुको साझा मोर्चा बनाउन पहल गर्ने निर्णय गरेको थियो ।
बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सत्तारूढ दल गैरजिम्मेवार र स्वेच्छाचारी ढंगले प्रस्तुत भइरहेको टिप्पणी गरेका थिए ।









Facebook Comments