
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन आह्वान गर्न माग गरेको छ ।
आज बिहान सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल आह्वान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तै बैठकले पत्रकार धरपकड लगायत सबै विवादित सरकारी गतिविधिको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन गर्न संसदीय विशेष समिति गठन गर्न माग गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारको पछिल्ला गतिविधिले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाहरूको स्वायत्तता र विधिको शासनमाथि गम्भीर प्रश्न खडा गरेको बताए । उनले यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गरे ।









Facebook Comments