काठमाडौं । नेपाली कांग्रेसको  कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार चौथो दिन बन्दसत्र बर्षाका कारण प्रभावित भएको हो । 

आजको बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुंग्याउँदै पारित गर्ने तयारी गरिएको छ । बन्दसत्रमा सभापति गगन थापाले पनि सम्बोधन गर्ने कार्यक्रम छ । हावाहुरी र वर्षाका कारण बन्दसत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले बताए । 

ad


बिहान साढे ११ बजेदेखि सुरु गर्ने तयारी गरिएको थियो । तर, अचानक हावाहुरीसहितको वर्षा भएसँगै प्रभावित भएको छ । खुलामञ्चमा महाधिवेशन प्रतिनिधिहरू आउन सकेका छैनन्  । 

कांग्रेसले बन्दसत्र खुलामञ्चमा गरिरहेको छ । भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रियसभा गृहमा निर्वाचन समितिले निर्वाचनको काम भईरहेको छ । बिहीबार बिहानदेखि मतदान हुने कार्यक्रम छ ।