
काठमाडौँ । बाढीपहिरोबाट उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।
बुधबारको बैठक समापन गर्दै सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान १ बजे बस्ने जानकारी दिएका थिए। तर, संसद् सचिवालयले पछि सूचना जारी गर्दै उक्त बैठक सञ्चालन नहुने जनाएको हो।
सचिवालयका अनुसार मुलुकका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोबाट गम्भीर क्षति पुगेको र उद्धार, राहत तथा विपद् व्यवस्थापनका काममा सरकारका साथै सांसदहरू पनि प्रत्यक्ष रूपमा खटिनुपर्ने अवस्था रहेकाले बैठक स्थगित गरिएको हो।
विपद्को परिस्थितिमा जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा आवश्यक सहयोग र समन्वयमा सक्रिय हुन सहज बनाउने उद्देश्यले बैठक स्थगन गरिएको सचिवालयले जनाएको छ।
बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकता दिनुपर्ने वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै अर्को बैठकको मिति र समय पछि तय गरिने भएको छ।









Facebook Comments