विराटनगरं । अवैधरुपमा रकम लुकाएको आरोपमा नेपाल उद्योग परिसंघ कोशी प्रदेश उपाध्यक्ष प्रकाश मुन्दराको मोरङको विराटनगर महानगरपालिका–७ स्थित उनको घरमा प्रहरीले आज बिहान छापा मारेको छ ।

आज बिहान साढे ४ बजेदेखि छापा मारेको प्रहरी करिब ५ घण्टापछि रित्तो हात फर्किएको छ । मुन्दरा चाँदीको व्यापार गर्ने व्यापारी हुन् । 

ad

अवैध नगद र हुन्डीको पैसा लुकाएको सूचनापछि प्रहरी टोलीले उनको घरमा छापा मारेको हो । प्रहरीका अनुसार विशेष सूचनाका आधारमा छापा मारिएको हो तर केही भेटिएन ।