
ब्रसेल्स (बेल्जियम) । नेपाली कांग्रेसको प्रवास संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको छैटौँ महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले देबु शर्मा पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
महाधिवेशनमा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने केन्द्रीय प्रतिनिधि पूर्ण हमाल विशेष अतिथिका रूपमा उपस्थित थिए। निर्वाचन समितिको संयोजन इन्द्र क्षेत्री ‘पकवान’ले गरेका थिए।
नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपसभापतिमा प्रकाश गिरी, उपसभापतिमा राजु थापा तथा महामन्त्रीमा बुद्ध अधिकारी (दिपशन) र अन्जु मल्ल चयन भएका छन्। त्यस्तै, रामप्रसाद ढुङ्गाना संरक्षकको जिम्मेवारीमा रहेका छन्।
यसैगरी कार्यसमितिका सदस्यमा हिल्टन खड्का, राजन घिमिरे, अच्युत पौडेल, अस्मिता भण्डारी काफ्ले, आकाश भण्डारी र शंकर खरेल चयन भएका छन्।
महाधिवेशनले ध्रुवराज पौडेल, गंगाधर गौतम, सीता सापकोटा, पूर्ण तिमिल्सिना, अनुजा प्रधान, नरहरि सापकोटा र मदनबाबु दवाडीलाई महाधिवेशन प्रतिनिधिका रूपमा पनि चयन गरेको छ।
कार्यक्रममा सहभागी वक्ताहरूले प्रवासमा रहेका नेपाली कांग्रेस समर्थकलाई अझ संगठित र सक्रिय बनाउँदै संगठनलाई सुदृढ बनाउन नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।













Facebook Comments