
काठमाडौं । गैरआवासीय नेपाली संघको ११५ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को बैठकले संघको नयाँ कार्यसमिति (२०२५-२०२७) का रिक्त पदहरूमा सर्वसम्मत रूपमा मनोनयन सम्पन्न गरेको छ । सांगठनिक सुदृढीकरण, संस्थागत एकता र विभिन्न विभागहरूको प्रभावकारी सञ्चालनका लागि बैठकले विश्वभरका विभिन्न देशहरूबाट पदाधिकारी, क्षेत्रीय नेतृत्व, सल्लाहकार तथा आईसीसी सदस्यहरू चयन गरेको छ । यस पटकको मनोनयनमा संघको आन्तरिक आर्थिक सुशासन र पारदर्शिताका लागि गठन गरिने महत्त्वपूर्ण अडिट कमिटी (Audit Committee) मा योगेन्द्र क्षत्री, एलएन पाण्डे र इन्द्र गिरीलाई मनोनित गरिएको छ । बैठकले विश्वका विभिन्न देशहरूबाट मनोनयन परेका व्यक्तित्वहरूलाई देशगत रूपमा समेट्दै नयाँ कार्यसमितिको खाका तयार पारेको छ ।
संयुक्त अधिराज्य (बेलायत) बाट संघको केन्द्रीय सचिवालय, सल्लाहकार समिति र सदस्य तहमा उच्च प्रतिनिधित्व सुनिश्चित गरिएको छ। जसअन्तर्गत एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय प्रसुना कडेललाई अन्तर्राष्ट्रिय समन्वय परिषद (ICC) को केन्द्रीय सचिव पदमा मनोनयन गरिएको छ । सल्लाहकार समितिमा बेलायतबाट प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयका प्रख्यात मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर, प्राध्यापन र जनस्वास्थ्य क्षेत्रका विज्ञ प्रा. पदम सिम्खडा तथा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी समेटिएका छन् । यसैगरी पूर्व पदाधिकारी तथा अगुवाका रूपमा एनआरएनए बेलायतकी पूर्व अध्यक्ष पुनम गुरुङ र अभियन्ता लक्ष्य गुरुङलाई सल्लाहकार मनोनीत गरिएको छ । आईसीसी सदस्यका रूपमा महिला तथा दोस्रो पुस्ता कोटाबाट कल्पना त्रिपाठी, गौरव राज केसी र जागृत पौडेल चयन भएका छन् भने चिकित्सा क्षेत्रबाट विज्ञ सदस्यका रूपमा डा. सुनील साह तथा सदस्यहरूमा राजन खकुरेल र राम चन्द्र गुरुङलाई सर्वसम्मत अनुमोदन गरिएको छ।
कतार र द नेदरल्याण्ड्सबाट पनि संघको केन्द्रीय कार्यसमितिमा महत्त्वपूर्ण पदाधिकारीहरू चयन भएका छन् । कतारबाट पदम गिरीलाई केन्द्रीय सचिव, क्रान्ति सिंहलाई सह-कोषाध्यक्ष र तुलसीराम पाण्डे तथा युवराज शर्मालाई आईसीसी सदस्यमा मनोनयन गरिएको छ । नेदरल्याण्ड्सबाट सबु पौडेललाई केन्द्रीय सचिव, संघर्षिल केसीलाई युरोप क्षेत्रको उप-क्षेत्रीय संयोजक र दिनेश अर्याललाई आईसीसी सदस्यका रूपमा जिम्मेवारी सुम्पिएको छ ।
अमेरिका र क्यानडा (अमेरिका क्षेत्र) बाट व्यापक सहभागितासहित नेतृत्व चयन गरिएको छ । अमेरिकाबाट केन्द्रीय उपमहासचिव पदमा कृष्ण पोखरेल र पुरुषोत्तम बोहोरा तथा सचिव पदमा कृष्णजीवी पन्त मनोनीत भएका छन् । अमेरिकाबाटै छत्रा गुरुङलाई महिला क्षेत्रीय संयोजक, विशाल रानालाई युवा क्षेत्रीय संयोजक तथा अञ्जन चौलागाईं, गोविन्द सुवेदी र मिन खड्कालाई उप-क्षेत्रीय संयोजक (DRC) को जिम्मेवारी दिइएको छ । सल्लाहकार समितिमा बीआर लामा, रतन झा, गौरी जोशी, विनोद भट्ट, डा. विष्णु माया परियार, प्रा. गोपी उप्रेती, डा. कृष्ण ढकाल, कुन्ती थापा, डा. रुद्र अर्याल र डा. सुमन पराजुली समेटिएका छन् भने आईसीसी सदस्यहरूमा जानकी कार्की, पुनम घिमिरे, इञ्जिनियर कुल मणि आचार्य, डा. सञ्जीव सापकोटा, दुर्गा श्रेष्ठ, राजेन्द्र वाग्ले र सोफिन थापा चयन भएका छन्। क्यानडाबाट उपमहासचिवमा दीपक गौतम, सह-कोषाध्यक्षमा देविका केसी, उप-क्षेत्रीय संयोजक (DRC) मा लिला थापा, सरोज भट्टराई र यम खत्री तथा उप-महिला क्षेत्रीय संयोजकमा कल्पना ढकाल मनोनित भएका छन् भने सल्लाहकारमा चिरञ्जीवी घिमिरे, डा. द्रोण रसाली, डा. लक्ष्मी पाठक र डा. मनिका प्रधान चयन हुनुका साथै इभान शर्मा र लक्ष्मण अधिकारी आईसीसी सदस्य बनेका छन्। चिलीबाट सरोज अर्याललाई उप-क्षेत्रीय संयोजक (DRC) को जिम्मेवारी दिइएको छ।
अष्ट्रेलिया र न्यूजील्याण्ड (ओशनिया क्षेत्र) बाट पनि उल्लेख्य मनोनयन भएको छ। अष्ट्रेलियाबाट सह-कोषाध्यक्ष पदमा अरुण ठाकुर चयन भएका छन् भने उप-क्षेत्रीय संयोजक (DRC) मा कृष्ण मान श्रेष्ठ र सूर्य आचार्य, महिला क्षेत्रीय संयोजकमा समिता गुरुङ, उप-महिला क्षेत्रीय संयोजकमा रोजी पन्त र उप-युवा क्षेत्रीय संयोजकमा डिमन राज उपाध्याय मनोनित भएका छन्। सल्लाहकार समितिमा भवानी ओली, विनोद श्रेष्ठ, इन्द्रा वन, होम पाण्डे, सुरेन्द्र सिग्देल, डा. जगदिश तिम्सिना, डा. पुरु श्रेष्ठ र डा. राजु अधिकारी समेटिएका छन् भने आईसीसी सदस्यहरूमा दिवा जोशी, करुणा रावत, प्रा. कृष्ण श्रेष्ठ, इञ्जिनियर राजु उपाध्याय, दीपक भुसाल, केशव जोशी र मिक्की सुवेदी चयन भएका छन्। न्यूजील्याण्डबाट दयानिधि गौतमलाई उप-क्षेत्रीय संयोजक (DRC) र विपिन भण्डारीलाई युवा क्षेत्रीय संयोजकको जिम्मेवारी दिँदै आत्माराम खनाललाई आईसीसी सदस्यमा मनोनयन गरिएको छ।
युरोप महादेशका विभिन्न देशहरूबाट सांगठनिक सुदृढीकरणका लागि ठूलो संख्यामा मनोनयन गरिएको छ। फ्रान्सबाट गीता थापा खनाल र मिन श्रेष्ठलाई सह-कोषाध्यक्षको जिम्मेवारी दिइएको छ भने हरिहर अर्याल सल्लाहकार समितिमा परेका छन्। बेल्जियमबाट तीर्थ धमलालाई उप-क्षेत्रीय संयोजक (DRC) र गंगाधर गौतम, अर्जुन कुमार श्रेष्ठ तथा सुवास जोशीलाई सल्लाहकार मनोनीत गरिएको छ भने आभा मल्ल, चन्द्र (इशा) कुमारी गुरुङ र विनोद न्यौपाने आईसीसी सदस्य बनेका छन्। जर्मनीबाट डा. नवराज रोस्यारालाई उपमहासचिव, सन्तोष भट्टराईलाई सल्लाहकार र मेनका त्रिपाठीलाई आईसीसी सदस्य बनाइएको छ। पोर्चुगलबाट माधव पोखरेल सह-कोषाध्यक्ष, निरपेक्ष गिरी र राज कुमार थापा उप-क्षेत्रीय संयोजक (DRC) तथा पाशनुर्बु शेर्पा, दिपेश विक्रम बिष्ट र उमेश खड्का आईसीसी सदस्य बनेका छन्। डेनमार्कबाट शैलु अधिकारी र शिव कार्की सह-कोषाध्यक्ष, कमल शर्मा, सुरेश पुन र सीता बराल उप-क्षेत्रीय संयोजक (DRC) तथा मनिषा सिंह कोइराला र रबिन कार्की आईसीसी सदस्य चुनिएका छन्। माल्टाबाट गोविन्द खरेल सह-कोषाध्यक्ष तथा रेम्स खनाल र सत्य झा उप-क्षेत्रीय संयोजक (DRC) बनेका छन्। स्पेनबाट शालिग्राम डुम्रे उप-क्षेत्रीय संयोजक (DRC), मुक्ता गुरुङ सल्लाहकार तथा गंगा भुसाल आईसीसी सदस्य बनेका छन्। चेक गणतन्त्रबाट छत्र अधिकारी सह-कोषाध्यक्ष र डा. गिरीश कँडेल सल्लाहकार बनेका छन्। आयरल्याण्डबाट विनोद कार्की उपमहासचिव, प्रकाश सापकोटा सल्लाहकार र रवि बोगटी आईसीसी सदस्य चयन भएका छन्। स्विट्जरल्याण्डबाट कृष्ण सिवाकोटी र नर्वेबाट शिवानी श्रेष्ठ उप-क्षेत्रीय संयोजक (DRC) बनेका छन् भने ईश्वरी प्रसाद खनाल नर्वेबाट आईसीसी सदस्य बनेका छन्। लक्जेमबर्गबाट हरि खत्री उप-क्षेत्रीय संयोजक (DRC) र विश्वजित थापा आईसीसी सदस्य बनेका छन्। पोल्याण्डबाट ईश्वर देवकोटा आईसीसी सदस्य मनोनीत भएका छन्।
एसिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूबाट पनि प्रभावशाली व्यक्तित्वहरू समेटिएका छन्। जापानबाट देवराज उप्रेती र श्रावण सत्याललाई उप-क्षेत्रीय संयोजक (DRC) को जिम्मेवारी दिइएको छ भने रोशन केसी, डा. सरोज कँडेल , सुदन थापा, डा. कमल लामिछाने र डा. राम गिरी सल्लाहकार मनोनीत भएका छन्। जापानबाटै डिका कार्की, जीवन न्यौपाने, सन्तोष थापा, सुरेन खड्का र सुरेश चन्द्र उपाध्याय आईसीसी सदस्य बनेका छन्। मलेसियाबाट नारायण अधिकारी र आरके महतो उप-क्षेत्रीय संयोजक (DRC) चयन भएका छन्। दक्षिण कोरियाबाट प्रकाश धमला उपमहासचिव, बुद्धि गुरुङ उप-क्षेत्रीय संयोजक (DRC) र डा. ज्ञानेन्द्र जोशी आईसीसी सदस्य बनेका छन्। चीनबाट प्रदीप न्यौपाने सह-कोषाध्यक्ष, सुदेश झा उप-क्षेत्रीय संयोजक (DRC) र खुस्बु अग्रवाल आईसीसी सदस्य बनेका छन्। मकाउबाट बिन्दु सुनुवारलाई महिला क्षेत्रीय संयोजक र शिव थापालाई आईसीसी सदस्य बनाइएको छ। थाइल्याण्डबाट प्रा. भारती लिम्बुनी सल्लाहकार र कुमार कार्की आईसीसी सदस्य बनेका छन्। हङकङबाट कृष्ण पाण्डे र अरुणा गुरुङ सल्लाहकार मनोनीत भएका छन्। म्यानमारबाट देवेन्द्र नौलखा र सिंगापुरबाट डा. अंगराज तिमिल्सिना सल्लाहकार बनेका छन्।
मध्यपूर्व, अफ्रिका र अन्य देशहरूबाट पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। संयुक्त अरब इमिरेट्स (युएई) बाट दीपक खड्का उप-क्षेत्रीय संयोजक (DRC) र सुभद्रा बुढाथोकी तथा बिना मानन्धर महिला क्षेत्रीय संयोजक बनेका छन्। इजरायलबाट उपमहासचिवमा दीपक ओली, उप-क्षेत्रीय संयोजक (DRC) मा विशाल भण्डारी र आईसीसी सदस्यमा गीता सुवेदी चयन भएका छन्। साउदी अरबबाट यास्मिन बेगमलाई सल्लाहकार तथा आईसीसी सदस्य र रबिना अर्याललाई आईसीसी सदस्य मनोनीत गरिएको छ। कुवेतबाट सुरज मास्के उप-क्षेत्रीय संयोजक बनेका छन्। रूसबाट गोविन्द गौतम उपमहासचिव तथा एक नारायण चापागाईं र उत्सव अमात्य सल्लाहकार बनेका छन् भने समिरा केसी आईसीसी सदस्य बनेका छन्। घानाबाट विकास सुवेदी र नाइजेरियाबाट भरत रिजाल उप-क्षेत्रीय संयोजक बनेका छन् भने तान्जानियाबाट सन्तोष उदास महिला क्षेत्रीय संयोजक बनेका छन्। सेशेल्सबाट आर.पी. पन्त सल्लाहकार बनेका छन्। बेलारुसबाट कृती महतो र दक्षिण अफ्रिकाबाट डा. सरिता पाण्डे भट्टराई आईसीसी सदस्य चयन भएका छन्। नेपालबाट वरिष्ठ उद्योगपति राजेन्द्र खेतान र डा. दिनेश पौडेललाई सल्लाहकारमा मनोनयन गरिएको छ।
यस बृहत् र समावेशी मनोनयनले गैरआवासीय नेपाली संघलाई आगामी कार्यकालमा अझ बढी गतिशील, मर्यादित र विश्वभरका नेपालीहरूको हितमा काम गर्ने बलियो संस्थाका रूपमा अगाडि बढाउने विश्वास ११५ औँ बैठकले व्यक्त गरेको छ।











Facebook Comments