काठमाडौं । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले यो सरकारले पनि व्यवसायी, युवा, विद्यार्थी र आम नागरिकलाई आशा जगाउन नसकेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने अहिले जनतामा चरम निराशा रहेको दावी समेत गरे । उनले यो हप्तामै तीन जना युवाले आत्मदाह गरेको भन्दै दुःख व्यक्त गरे । उनले  आत्मदाह गरेका आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सर्लाहीका युवा विवेक मण्डलको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरे। 

ad

देश संकटमा भएकाले सबै मिलेर यसको सामना गरे मात्र यसबाट पार पाउने उनको भनाई थियो । उनले भने– आज देशमाथि संकट छ, आज जनतामाथि संकट छ। व्यवसायी, नागरिक युवादेखि विद्यार्थीसम्म निराशा छ। यसलाई नबढाऊँ, यसको समाधान खोजौँ। म सभामुखज्यूलाई भन्न चाहन्छु– यो संसदभित्र रहेका सबै दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ। हामी सबै दल मिले मात्र यो राष्ट्र रहन सक्छ, यहाँको नैरश्यता हट्न सक्छ।