
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको काठमाडौंको रातोपुलस्थित निवासअगाडि शंकास्पद रूपमा पार्क गरिएको एउटा गाडी प्रहरीले सोमबार क्रेनको सहायताले हटाएको छ।
स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी बिहान करिब ७:३० बजेदेखि सडकमा तेर्सो पारेर राखिएको थियो। गाडीका कारण सभापति थापाको निवासबाट सवारीसाधन आवतजावत गर्न कठिनाइ भएको थियो भने छिमेकीहरू पनि प्रभावित भएका थिए।
घटनास्थलमा पुगेको प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी क्रेनमार्फत गाडी हटाएको हो।
एक स्थानीय प्रत्यक्षदर्शीका अनुसार गाडी पार्क गरेर आएका चालक त्यसपछि नेपाल प्रहरीले प्रयोग गर्ने भ्यानमा चढेर त्यहाँबाट गएको देखिएको थियो। यद्यपि उक्त व्यक्तिको परिचय र घटनाको कारणबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।










Facebook Comments