
काठमाडौं। विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि विशेष अदालतले थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले असार ८ गते सुर्खेतबाट पक्राउ गरेका पौडेलविरुद्ध अनुसन्धान जारी रहेकाले म्याद थपको मागसहित विशेष अदालतमा उपस्थित गराएको थियो। अदालतले विभागको माग स्वीकार गर्दै अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
यसअघि प्राप्त हिरासत अवधि समाप्त भएपछि विभागले थप अनुसन्धान आवश्यक रहेको जनाउँदै पुनः म्याद मागेको थियो। अदालतको पछिल्लो आदेशसँगै विभागले पौडेलमाथिको अनुसन्धानलाई निरन्तरता दिने भएको छ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ भने घटनाबारे थप प्रमाण संकलन र बयानका प्रक्रिया जारी रहेको अनुसन्धान अधिकारीहरूले बताएका छन्।










Facebook Comments