काठमाडौं । नेकपा एमालेकी संसदीय दल उपनेता पद्मा अर्यालले जान्नेलाई छान्ने नीति लिएको भनिएको सरकारले जान्नेलाई फाल्ने, आफ्नालाई छान्ने नीतिलाई  पुष्टि गरेको बताएकी छन् ।

आजको प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै अर्यालले करिब १६ सय राजनीतिक नियुक्त खारेज गरेको सरकारले आज आफ्नै पार्टीको चुनाव चिह्नबाट चुनाव हारेकालाई भटाभट नियुक्ति गरिरहेको बताईन् ।

ad

उनले सरकारले सुशासनको नारा लगाए पनि पछिल्लो सय दिनमा तमासा मात्रै गरेको बताउँदै आफ्नालाई छानबिनको दायरामा नराख्ने निर्णयसँगै सुशासनको तमासा र आयोग गठनको नियत प्रस्ट देखिएको बताईन् । 

वहालवाला मन्त्री र सांसदहरूलाई सम्पत्ति छानबिन दायराभन्दा बाहिर राखिएको भन्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी आफैमा वासिङ मेसिन हो ? त्यहाँ पसेपछि सफा भइहाल्ने अर्यालले प्रश्न गरेकी छन्।