
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन्। उनी हातमा लागेको सामान्य चोटको थप परीक्षणका लागि एमआरआई गराउन अस्पताल पुगेका हुन्।
अस्पताल स्रोतका अनुसार हालै उनको हातमा सामान्य चोट लागेको थियो। सोही चोटको अवस्था यकिन गर्न चिकित्सकको सल्लाहअनुसार एमआरआई परीक्षण गरिएको हो।
स्रोतले चोट गम्भीर नभएको र नियमित स्वास्थ्य परीक्षणकै क्रममा एमआरआई गरिएको जनाएको छ।
एमआरआई परीक्षणपछि प्रधानमन्त्री अस्पतालबाट बाहिरिँदै गरेको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा साझा गरिएको छ। भिडियोसँगै धेरै प्रयोगकर्ताले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।










Facebook Comments