
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार तथा संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले कार्यदलले असार मसान्तभित्र प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाउने तयारी गरिरहेको बताएका छन्।
सरकार गठनको पहिलो १०० दिनका उपलब्धि सार्वजनिक गर्न शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कार्यदलले निर्धारित कार्यतालिकाअनुसार काम अघि बढाइरहेको जानकारी दिए।
उनका अनुसार कार्यदलले संविधानविद्, राजनीतिक दल तथा अन्य सरोकारवालासँग चरणबद्ध छलफल गरिसकेको छ। ती छलफलबाट प्राप्त सुझाव समेट्दै प्रतिवेदनको मस्यौदा तयार पार्ने अन्तिम चरणमा पुगेको उनले बताए।
‘हामी असार मसान्तभित्र प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गर्ने तयारीमा छौं। विभिन्न पक्षसँग परामर्श सम्पन्न भइसकेको छ र अहिले प्रतिवेदन लेखनको काम भइरहेको छ,’ संयोजक शाहले भने।









Facebook Comments