
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिमा प्रा.डा. भोला थापालाई नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। यससम्बन्धी निर्णय अन्तिम प्रक्रियामा पुगेको र कुनै अप्रत्याशित परिवर्तन नभए शुक्रबार नै नियुक्तिपत्र प्रदान हुन सक्ने स्रोतले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतका अनुसार कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले उपकुलपति नियुक्तिको प्रक्रिया टुंग्याउने तयारी गरेका छन्। स्रोतका अनुसार प्रा.डा. थापाको नियुक्ति लगभग निश्चित भइसकेको छ।
उपकुलपति छनोटका लागि गठित सिफारिस समितिले सरकारसमक्ष प्रा.डा. भोला थापा, प्रा.डा. नन्दबहादुर सिंह र प्रा.डा. दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो। तीमध्येबाट थापालाई नियुक्त गर्ने तयारी अघि बढाइएको जनाइएको छ।
प्रा.डा. थापाले यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका रूपमा नेतृत्व गरिसकेका छन्। उच्च शिक्षाको व्यवस्थापन र शैक्षिक नेतृत्वमा उनको अनुभवलाई आधार मानेर सरकारले उनलाई त्रिविको नेतृत्वमा ल्याउने तयारी गरेको स्रोतको दाबी छ। औपचारिक नियुक्तिसँगै यसबारे सरकारबाट आधिकारिक घोषणा हुने अपेक्षा गरिएको छ।










Facebook Comments