
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास, गोल्फुटारमा आज बसेको छ ।
बैठकमा कांग्रेस नेता डा. शेखर कोइराला भने सहभागी छैनन् । कोइराला पक्षका अन्य नेताहरु पनि बैठकमा सहभागी छैनन् । बैठकमा कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय डिना, एनपी साउद, रमेश लेखक, मोहनबहादुर बस्नेत, आनन्द ढुंगाना, मीनबहादुर विश्वकर्मा सहभागी छन् ।










Facebook Comments