
काठमाडौं । पछिल्लो समय पत्रकारमाथि भइरहेको धरपकड, गिरफ्तारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघले आज विरोध प्रदर्शन गरेको छ ।
‘पत्रकारलाई पटकपटक हैन, एकैपटक सामूहिक गिरफ्तार गर’ भन्ने नारासहित महासंघले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा धर्ना कार्यक्रम आयोजना गरेको हो ।
महासङ्घले बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय ललितपुर, १० बजे जिल्ला प्रशासन कार्यालय भक्तपुर र ११ बजे बबरमहलस्थित सडक विभाग अगाडि धर्ना दिएको हो। सहभागी पत्रकारहरूले पत्रकारलाई समाचार संकलन तथा सम्प्रेषण गर्ने क्रममा निर्वाध रूपमा काम गर्न पाउनुपर्ने माग गरेका छन् ।









Facebook Comments