काठमाडौं।राष्ट्रिय कर दिवस, २०८३ को अवसर पारेर आन्तरिक राजस्व विभागले उत्कृष्ट कार्यसम्पादन गर्ने ११ जना कर्मचारीलाई सम्मान गरेको छ।

मंसिर १ गते मंगलबार आयोजित विशेष समारोहमा विभाग र मातहतका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीलाई उनीहरूले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

ad

सम्मानित हुनेमा आन्तरिक राजस्व विभागमा कार्यरत चार जना कर्मचारी छन्। उनीहरूमा सिनियर डिभिजनल केमिस्ट ईश्वरप्रसाद कोइराला, निर्देशक रामबहादुर केसी, शाखा अधिकृत राजेश पण्डित र कम्प्युटर अपरेटर राजेन्द्रबहादुर बम छन्।

त्यस्तै, ठूला करदाता कार्यालयका कर अधिकृत मञ्जु पोख्रेल, आन्तरिक राजस्व कार्यालय जोरपाटीका कर अधिकृत छविलाल भट्टराई र दाङ कार्यालयका कर अधिकृत लुटबहादुर बुढाथोकी पनि सम्मानित भएका छन्।

यसैगरी, आन्तरिक राजस्व कार्यालय दमकका नायब सुब्बा प्रदीप बराल र बानेश्वर कार्यालयकी नायब सुब्बा निर्मला तिमल्सिनाले पनि सम्मान प्राप्त गरेका छन्।

कार्यालय सहयोगीतर्फ आन्तरिक राजस्व कार्यालय महाराजगन्जका रामबहादुर कार्की र लहान कार्यालयका धर्मनाथ साह सम्मानित भएका छन्।

विभागले कर प्रशासनलाई प्रभावकारी बनाउन तथा राजस्व संकलन र सेवा प्रवाहमा योगदान पुर्‍याउने कर्मचारीको कामको मूल्याङ्कन गर्दै सम्मान गरेको हो।