काठमाडौं । तिहार र छठ बिदापछि आज मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले भोलि बुधबार निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्ने भएको छ ।

कार्कीको रिट निवेदन कात्तिक २० गते दर्ता भएकोमा सर्वोच्च अदालतले तिहार बिदापछि कात्तिक ३० गते प्रारम्भिक सुनुवाईको मिति तोकेको थियो । तर सरकारले ३० गते पनि छठको बिदा दिएकाले मुद्दाको सुनुवाइ स्वतः सरेको थियो ।
बुधबार एक न्यायाधीशको इलासमा कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ ।

ad

सरकारले १८ कात्तिकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो । त्यही दिन प्रहरी अतिरिक्त महानिरीक्षक डा। मनोज केसी महानिरीक्षकमा बढुवा भएका थिए ।सरकारको निर्णय संविधान, कानुन र सर्वोच्च अलदालतका नजिर विपरीत रहेको भन्दै कार्कीले सर्वोच्चमा रिट दिएका थिए ।