काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा काठमाडौंको गौरीघाट पुगेर छठी माताको पूजाआराधना गरेका छन्।

आइतबार प्रथम महिला सविता पौडेलसँगै पशुपति क्षेत्रस्थित गौरीघाट पुगेका राष्ट्रपति पौडेलले छठ पूजामा सहभागी हुँदै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।

ad

राष्ट्रपति पूजास्थल पुग्दा सांसद विष्णुदेवी पुडासैनी, सांसद पुकार बम, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा छठ पूजा आयोजक समितिका पदाधिकारीले स्वागत गरेका थिए।

छठ पर्वका अवसरमा गौरीघाटमा आयोजित पूजाआराधनामा सहभागी भएर राष्ट्रपति पौडेलले पर्वको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिएका हुन्।