
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्त भएकै दिन पत्र बुझिसकेको गृह मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्बाट नियुक्तिको निर्णय भएको दिन कात्तिक १८ गते नै कार्कीले नियुक्तिपत्र बुझेका हुन्।
सरकारले मुलुकको शान्ति सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउने उद्देश्यसहित प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव तथा परामर्श उपलब्ध गराउन विशेष सुरक्षा सल्लाहकारको पद सिर्जना गरेको थियो। सोही निर्णयअनुसार कार्कीलाई उक्त जिम्मेवारी दिइएको हो।
नियुक्तिपत्र बुझिसके पनि तिहार र छठ पर्वका सार्वजनिक बिदाका कारण कार्की कार्यालयमा हाजिर हुन नसकेको मन्त्रालयले जनाएको छ।
उनका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षसमेत तयार गरिएको छ।
यसैबीच, कार्कीले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
एकातिर सरकारबाट विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी पाएका कार्कीले अर्कोतर्फ आफ्नो पदमुक्तिसम्बन्धी निर्णयलाई अदालतमा चुनौती दिएका छन्।









Facebook Comments