काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले तिहार तथा दीपावलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै थापाले तिहारलाई उज्यालो, आत्मीयता र आपसी सद्भावको पर्वका रूपमा उल्लेख गरेका छन्। उनले यस पर्वले सबै नेपालीको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।
थापाले दीपावलीमा बालिने दियोको प्रकाशले अन्धकार हटाएझैँ तिहारले पनि समाजमा रहेको निराशा, अविश्वास र विभाजनलाई हटाउन भूमिका खेल्नुपर्ने बताएका छन्। आपसी सद्भाव, एकता र विश्वासलाई थप मजबुत बनाउने अवसरका रूपमा तिहार मनाउन उनले आह्वान गरेका छन्।
उनका अनुसार तिहारले नेपाली समाजलाई सत्य, न्याय र सद्भावको मार्गमा अघि बढ्न प्रेरणा दिनुपर्छ। प्रत्येक नेपालीको घरमा खुसी, मनमा आशा र देशको साझा भविष्यमा समृद्धिको उज्यालो फैलियोस् भन्ने कामनासमेत उनले गरेका छन्।
थापाले पर्वको अवसरमा सबै नेपालीको सुख, शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्।









Facebook Comments