
काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला आज काठमाडौं आइपुगेका छन् ।
तत्कालीन राजदूत नवीन श्रीवास्तवले अनिवार्य अवकाश पाएपछि भारतीय विदेश मन्त्रालयले दलेलालाई नेपालको नयाँ राजदूतका रुपमा नियुक्त गरेको हो। उनलाई नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले इजरायल, ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगहरूमा सेवा गरिसकेका छन् । उनले भुटानका लागि भारतीय राजदूतका रूपमा समेत काम गरेका थिए ।









Facebook Comments