काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री कार्यालय नै झन्डैझन्डै यातनागृह जस्तो भएको अनुभूति सबैले गरिरहेका बताएका छन् । 

सभामुख डोलप्रसाद अर्याललाई आज दिउँसो भेटेर संसद बैठक आह्वान गर्न आग्रह गरेलगत्तै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आङ्देम्बेले कर्मचारीतन्त्रमा चरम आतंक सिर्जना गरिएको आरोप लगाए । उनभने, ‘विचौलियाको बिगबिगी भइरहेको छ, सबैतिर आतंक छ, कर्मचारीहरूलाई कार्यस्थलबाट ल्याएर, प्रधानमन्त्री कार्यालय त झन् यातना गृहजस्तो भएको अनुभूति सबैले गरिरहेको बेलामा यो सबैको निकास संसद बैठकबाटै खोज्नुपर्छ।’ 

ad

आङ्देम्बेले संसद् बाहिर धेरै संवेदनशील विषयहरू उठिरहेकाले त्यसको निकास संसद्‌भित्रैबाट खोज्नुपर्ने समेत बताए ।
उनले लामो समयसम्म संसद बैठक आह्वान नगर्ने र बैठक धकल्दै लैजाने प्रवृत्तिले निकास नदिने पनि बताए ।