काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालसहित कांग्रेस नेता एवम् पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध पनि भ्रष्टाचार मुद्दा पेस गरेको छ ।

मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले नेपाल र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा पेस गरेको हो ।

ad

मोरङस्थित रिजाल एन्ड कम्पनीको नाममा रहेको ६० रोपनी जग्गा छुट दिने क्रममा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो । आयोगले प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख रुपैयाँ बिगो असुल गर्न माग गरेको छ ।

नेपालविरुद्ध विशेष अदालतमै पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि विशेष अदालतमै विचाराधीन छ।