
काठमाडौं । जिल्लाका कारागार डोल्पाबाट सुरूङ खनेर भागेका ८ जना कैदी बन्दीमध्ये २ जना आज रुकुम पश्चिमबाट पक्राउ परेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता एसएसपी सन्तोससिंह राठौरका अनुसार पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख गाउँपालिका – ५ का २८ वर्षीय रेशम राना रहेका छन् । पक्राउ परेका दुबै जना जबरजस्ती करणी मुद्दामा जिल्ला कारागार डोल्पामा कैद भुक्तान गरिरहेकाहरू थिए।
ड्युटीमा रहेका प्रहरीले चेकजाँच क्रममा गाडी रोक्न भनेपछि जिपमा सवार उनीहरू भाग्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको थियो।









Facebook Comments