काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले बिचौलिया इनम सापकोटा प्रकरण प्रधानमन्त्री बालेन्द्र शाहका लागि अग्निपरीक्षा बनेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले जनताले व्यवस्था बदल्ने र सुशासनको अपेक्षासहित बालेन शाहको पक्षमा मतदान गरेको उल्लेख गर्दै शक्तिकेन्द्रलाई समेत प्रभाव पार्न सक्ने बिचौलियाको जालो भत्काउन प्रधानमन्त्री शाह सफल हुन्छन् वा त्यससँग सम्झौता गर्छन् भन्दै प्रश्न गरेका छन्।

ad

उनले लेखेका छन्– 'शक्तिकेन्द्र नै हल्लाउने यो बिचौलिया जालो भत्काएर उनी यो परीक्षामा उत्तीर्ण होलान् कि सम्झौता गर्लान् ? त्यो हेर्न बाँकी नै छ ।’