काठमाडौं । असोज १८ देखि २३ गतेसम्म चलेको १५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गर्न नेपाली कांग्रेस आज निर्वाचन आयोग जाँदैछ ।

हिजो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ भएलगत्तै बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीहरू र सदस्यहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिने निर्णय गरेको थियो। बैठकको जिम्मेवारी दिएपछि कार्यवहाक मुख्यसचिव दुलाल महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको विवरण अद्यावधिक गर्न आज निर्वाचन आयोग जान लागेका हुन् । 

ad

कांग्रेसको १५ औं महाधिवेशनबाट सभापतिमा गगनकुमार थापासहित पदाधिकारी र सदस्य गरी २३१ जना निर्वाचित भएका थिए। कांग्रेसमा ४ सहमहामन्त्री, १ कोषाध्यक्ष, प्रवक्ता र आवश्यक परे सहप्रवक्ता तथा ६६ जना केन्द्रीय सदस्य सदस्य भने मनोनीत गर्नै बाँकी छ।