
सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट ७२ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ परेका छन्।
प्रहरीका अनुसार बलान बिहुल गाउँपालिका–६ स्थित मौवहा पुवारी टोल नजिकबाट ७२ किलो ५०५ ग्राम गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा सिराहाको भगवापुर गाउँपालिका–४ कल्याणपुरका ४८ वर्षीय रामनारायण ठाकुर र सोही गाउँपालिका–१ का ३७ वर्षीय मनोजकुमार मण्डल रहेका छन्।
इलाका प्रहरी कार्यालय कडरबोनासहितबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।









Facebook Comments