गोरखा। बुढीगण्डकी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको गोरखाको आरुघाटस्थित पुलमा बेलिब्रिज जडान गरिएको छ। जडान कार्य सम्पन्न भएसँगै पुल सञ्चालनमा आएको हो।

बेलिब्रिज सञ्चालनमा आएपछि हाल मोटरसाइकललगायतका सवारीसाधन र सर्वसाधारणलाई आवतजावत गर्न सहज भएको छ। अन्य सवारीसाधनसमेत बुधबारदेखि सञ्चालन गर्न सकिने जनाइएको छ।

ad

बाढीले पुलमा क्षति पुर्‍याएपछि गोरखा र धादिङबीचको सडक आवागमन अवरुद्ध भएको थियो। बेलिब्रिज जडानपछि दुई जिल्लाबीचको सडक सम्पर्क पुनः स्थापित भएको छ।

पुल सञ्चालनमा आएसँगै बाढीका कारण प्रभावित बनेको यस क्षेत्रको आवागमन सहज हुने अपेक्षा गरिएको छ।