काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रको अवसर पारेर सोमबार काठमाडौँ उपत्यकाका नौ वटा शक्तिपीठमा पुगेर पूजाआराधना तथा दर्शन गरेका छन्।

राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, शोभाभगवती र इन्द्रायणी मन्दिरमा पुगेर धार्मिक विधिअनुसार पूजाआराधना गरेका हुन्।

ad

दर्शनका क्रममा उनले सम्बन्धित मन्दिरका पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरेका थिए।

राष्ट्रपतिको शक्तिपीठ दर्शन कार्यक्रममा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन्। शारदीय नवरात्रका बेला हिन्दू धर्मावलम्बीले दुर्गा भवानीको पूजा आराधना गर्ने तथा विभिन्न शक्तिपीठमा पुगेर दर्शन गर्ने परम्परा रहिआएको छ।