काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन्।

खनाललाई आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको हो। मुटुसँग सम्बन्धित सामान्य समस्या देखिएपछि उनलाई अस्पताल लगिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जानकारी दिएका छन्।

ad

उपाध्यायका अनुसार मुटुसम्बन्धी समस्याका कारण खनाललाई अस्पतालमा भर्ना गरिएको हो। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।

खनाल नेपालको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता हुन्। उनी यसअघि प्रधानमन्त्रीसमेत बनेका थिए।