
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना आज बिहान सम्पन्न भएको छ ।
गत असोज २३ गते मतदान गरी त्यही दिन राति सभापतिको मतगणना सुरु गरेर अघि बढाइएको गणना कार्य झण्डै एक सातामा सकिएको हो।
लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितका तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू, सहमहामन्त्री तथा खुला र महिला केन्द्रीय सदस्यहरू चयन हुने खस आर्य र थारूतर्फको मतगणना पनि राति सकिएको थियो । गणना सुरु भएकै दिनदेखि दिन र रात गरी झण्डै २५ समूह बनाएर गणना गराइएको थियो।
कांग्रेसको १५औं महाधिवेशनमा कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने हरेकले २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था थियो। कांग्रेसको निर्वाचन समितिका अनुसार प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम भने दशैँपछि गरिनेछ ।









Facebook Comments