
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका फोहोरलाई सफा गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
आज काठमाडौंमा आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले राजनीतिक पार्टी कुनै नेताको निजी कम्पनी नभई सार्वजनिक सम्पत्ति भएको पनि बताए ।
उनले पार्टीको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धामा जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने भन्ने हुँदैन भन्दै पार्टीको हितका लागि सबै योग्य र सक्षम साथीहरूलाई समेटेर अघि बढ्ने पनि बताए ।
सभापति थापाले व्यक्तिगत जीवनका विषयलाई कांग्रेसको संस्थागत दायित्वसँग जोड्न नहुने तर्कसमेत गरे। उनले भने, ‘खराब आचरण व्यक्तिको हुन्छ, पार्टीको हुँदैन। यदि मेरो आचरणमा प्रश्न उठ्यो भने त्यसको प्रतिवाद मैले गर्ने हो, पार्टीले गर्ने होइन ।’









Facebook Comments