
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला सहमहामन्त्रीमा प्रतिमा गौतम निर्वाचित भएकी छन्। खुला सहमहामन्त्रीका दुई पदमा अजयबाबु शिवाकोटी र रामहरि खतिवडाले जित हासिल गरेका छन्।
महिला सहमहामन्त्री पदको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी नानु मैया बास्तोलाले १ हजार ५५४ मत ल्याइन्।
त्यस्तै, खुला सहमहामन्त्रीका दुई पदमा शिवाकोटी र खतिवडा निर्वाचित भएका हुन्। प्राप्त मतपरिणामअनुसार शिवाकोटीले २ हजार १७३ मत प्राप्त गरे भने खतिवडाले २ हजार ९१० मत पाए।
खुला सहमहामन्त्री पदमा प्रतिस्पर्धा गरेका अन्य उम्मेदवारमध्ये डिल्लीराम सुवेदीले १ हजार ८५२, देवेन्द्रराज कँडेलले १ हजार ३८१, राजीव ढुंगानाले १ हजार २३२, विकास कोइरालाले १ हजार १४४, अमृतकुमार अर्यालले ९२१ र रमेशप्रसाद धमलाले ७८० मत प्राप्त गरे। त्यस्तै, विमलराज क्षेत्रीले २८३ मत पाए।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न पदको मतगणना जारी रहेका बेला महिला र खुला सहमहामन्त्री पदको नतिजा सार्वजनिक भएको हो। यस परिणामसँगै महिला सहमहामन्त्रीमा गौतम तथा खुला सहमहामन्त्रीमा शिवाकोटी र खतिवडाको निर्वाचित यात्रा टुंगिएको छ।









Facebook Comments