काठमाडौं । नेपाली कांग्रेसले कांग्रेसले विधान संशोधन गरेर जनसम्पर्क समितितर्फ महिला २ जना सहित सात केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेकोमा १५औं महाधिवेशनमार्फत पहिलो पटक जनसम्पर्क समितिबाट ७ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।  महाधिवेशनमा २१ वटा जनसम्पर्क समिति सहभागी भएका थिए ।


निर्वाचन समितिका अनुसार महिलातर्फ सीता सापकोटा र चन्द्रा अधिकारी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सापकोटाले ३ हजार ११३ मत ल्याउँदा अधिकारीले २ हजार ८९६ मत ल्याएकी थिइन्। 

ad

यस्तै जनसम्पर्क समितिअन्तर्गतको युरोप क्षेत्र केन्द्रीय सदस्यमा जितेन्द्रविक्रम शाही निर्वाचित भएका छन्। उनले १ हजार ४१२ मत पाए। जनसम्पर्क समितिअन्तर्गतको ओसियाना–अमेरिका क्षेत्रको केन्द्रीय सदस्यमा विद्याभूषण कार्की निर्वाचित भएका छन्। कार्कीले १ हजार ९५१ मत ल्याएका थिए । 

यस्तै मध्यपूर्व क्षेत्रमा पुरुषोत्तम खनाल २ हजार ९४ मत ल्याएर निर्वाचित भएका छन् भने प्यासिफिक क्षेत्रमा डा. बलराम श्रेष्ठ केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनले १ हजार ९२० मत ल्याएका छन् ।

भारतबाट बालकृष्ण पाण्डे केन्द्रीय सदस्य निर्वाचित भएका छन्। उनले ३ हजार ८२७ मत पाएका छन्।