काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन महिलातर्फको महामन्त्री पदको मतगणनामा डा. डिला संग्रौला पन्त र महालक्ष्मी उपाध्याय (डिना)को टक्कर देखिएको छ ।

कुल ७ हजार ४३ मत खसेकामा अहिलेसम्म २ हजार २३१ मत गणना भईसकेको छ । त्यसमा संग्रौलाले ९६५ मत पाई अग्रता लिएकी छन् । 

ad

उनलाई पछ्याईरहेकी महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मत प्राप्त गरेकी छिन् । त्यस्तै, महामन्त्रीकी अर्की उम्मेदवार रिता खनालले २५१ मत प्राप्त गरेकी छन्। कांग्रेसमा तीन जना महामन्त्री निर्वाचित हुनेमा एक जना महिलातर्फ निर्वाचित हुनेछन्।