
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा समावेशीतर्फ उपसभापतिमा विनोद चौधरीले अग्रता लिएका छन्।
आज दिउँसो २ः३० बजेसम्म २ हजार ८२२ मत गणना भएकोमा चौधरीले ७५१ मत ल्याई अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जीवन परियारले ५२० मत पाएका छन्।
त्यस्तै, सीता गुरुङले ४३०, फरमुल्लाह मंसुरले ३७१ र रञ्जित कर्णले २२८ मत पाएका छन्। महाधिवेशनमा कूल ७ हजार ४३ मत खसेको थियो। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा मतगणना जारी छ ।









Facebook Comments