
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणनामा कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा जारी छ ।
महाधिवेशनमा ७०४३ मत खसेकोमा अहिलेसम्म उपसभापतिमा २२३१ मतगणना सकिएको छ । उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो मतले अग्रता लिएका छन् ।
मतगणना अनुसार हालसम्म उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी १०५७, ई. मधु आचार्यले ७१२ मत पाई अग्रता लिएका छन् । यस्तै सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरी ३०१ र प्रा. डा. चन्द्रमोहन यादवले १९३ मत ल्याएका छन् ।
उपसभापति समावेशीतर्फ विनोद चौधरीले ६१५ मत ल्याई अग्रता लिएका छन्। यस्तै जीवन परियार ५७८, फरमुल्लाह मन्सुर २८५, रञ्जित कर्ण १८३, सीता गुरुङ ३३४ मत ल्याएका छन्।
महामन्त्रीमा प्रदीप पौडेलले अग्रता दिएका छन् । उनले १३८१ मत ल्याएका छन् । यस्तै उदय शम्शेर राणा ७८६, अमरसिंह पुन ६९५, गुरुराज घिमिरे ३२८, नैनसिंह महर २७०, शंकर तिवारी ४६, डा. सन्तोष उपाध्याय २८ र डा। सुनिल कुमार शर्मा ५२६ मत ल्याएका छन्।
महामन्त्री महिलातर्फ डा. डिला संग्रौला पन्त ९६५, महालक्ष्मी उपाध्याय डिना ९५२, रिता खनाल २५१ मत ल्याएका छन्।









Facebook Comments