काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत संयोजक प्रचण्डले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध समेत गरेका छन् । यस विपद्को घडीमा प्रभावित नागरिकको सहयोगमा एकजुट बनौँ, उनले लेखेका छन् । 

ad