काठमाडौं । बुढीगण्डकी नदीमा आकस्मिक रुपमा आएको बाढीले पु¥याइरहेको क्षति प्रती नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउदै, तिव्र गतिमा उद्धार कार्य गर्न सरकारलाई आग्रह गरेको छ ।


तल्लो तटीय क्षेत्रमा रहनु भएका नागरिकलाई सुरक्षित रहन अनुरोध गर्दै पार्टीका सबै साथीहरूलाई आफू सुरक्षित रही उध्दार कार्यमा जुट्न आह्वान गर्दछ ।

ad

पार्टी सभापति गगनकुमार थापाले यस विपदप्रति सरकारको ध्यानाकर्षण गराएको पार्टीका कृष्णप्रसाद दुलालले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । महाधिवेशन सकेर फर्कदै गर्नु भएका साथीहरूलाई सुरक्षित रूपमा फर्कन आग्रह गर्दै सभापति थापाले बुढीगण्डकी विपद आसपास क्षेत्रका साथीहरूलाई तत्काल उध्दार कार्यमा जुट्न आह्वान गरेका छन् ।