
धादिङ । धादिङको गल्छी गाउँपालिका–७ स्थित मच्छेडी खोलामा ग्यास बुलेट दुर्घटना हुँदा चालक घाइते भएका छन्। दुर्घटनापछि मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
चितवनबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको ग्यास बुलेट दुर्घटनामा परेको हो। दुर्घटनामा संलग्न बुलेटको नम्बर एचआर ३८ एएल ३३६७ रहेको छ।
दुर्घटनामा चालक घाइते भएको जनाइएको छ। तर, उनको अवस्थाबारे विस्तृत विवरण प्राप्त भएको छैन।
ग्यास बुलेट दुर्घटनाका कारण मुग्लिन–काठमाडौं सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ। सडक अवरुद्ध हुँदा उक्त मार्ग भएर यात्रा गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्।
दुर्घटनाको थप विवरण, बुलेट दुर्घटनामा पर्नुको कारण र सडक सञ्चालनमा आउने समयबारे जानकारी आउन बाँकी छ।









Facebook Comments