काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका आफन्त तथा निकटस्थ व्यक्तिहरूको घरमा छापा मारेको छ।

विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरासहित उनी निकटका केही व्यक्तिहरुको घरमा छापा मारेको हो । विभागले जबरासहित उनका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि छापा मारेको 
स्रोतले जनाएको छ । 

ad

छापाका क्रममा जबरा निकटस्थ व्यक्तिका घरबाट महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको स्रोतको दाबी छ।

केही दिनअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई उनकै निवासबाट मध्यराति पक्राउ गरी करिब १२ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।