काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै भए पनि कुनै उन्मुक्ति नपाउने बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री गुरुङले  त्यस्ता व्याक्तिलाई कानुनको कठघरामा ल्याउने बताए ।

ad

संवेदनशील सूचना चुहावट गरेको आरोपमा सोमबार गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई निलम्बन गरेको थियो। उनीमाथि छानबिन गर्न समिति समेत बनेको छ। 

गृहमन्त्री गुरुङले लेखेका छन्–‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई संवेदनशील सूचना चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु।’
राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो। पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन । यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ।