काठमाडौं । सरकारले केही दिनअघि विभिन्न १३ देशका लागि प्रस्ताव गरेका राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदै छ । त्यसका लागि संसदीय सुनुवाइ समिति९संयुक्त०को बैठक बस्दैछ ।


बैठकमा प्रस्तावित राजदूतमाथि परेका उजुरी खोलेर सुनुवाइ समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिने छ ।

ad

समितिका अनुसार प्रस्तावित १३ जना राजदूतहरूविरुद्ध ७ वटा उजुरी परेका छन् । त्यसबाहेक प्रस्तावित राजदूतहरूका कार्ययोजनाहरू समेत समिति सदस्यहरूलाई वितरण गरिने समितिका सचिव तुलबहादुर कँडेलले जानकारी दिए ।


समितिले प्रस्तावित राजदूतहरूलाई यसअघि नै कार्ययोजना पेस गर्न भनेअनुसार कार्ययोजनाहरु प्राप्त भएको समितिले जनाएको छ ।