काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको विधान संशोधन गरी तीन जना उपसभापतिको व्यवस्था भए उपसभापति पदमा उम्मेदवारी दिने भएका छन् ।


कांग्रेसको १५औँ महाधिवेशनले विधान संशोधन गरी उपसभापति, महामन्त्रीलगायत पदाधिकारीको संख्या थप्ने चर्चा भइरहेका बेला आङ्देम्बेको उम्मेदवारी दिने चाहना देखाएका हुन् ।

ad

यसअघि उनी कांग्रेसका सहमहामन्त्री थिए । हाल उनी पार्टीको संसदीय दलको नेता छन् ।