काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। 


धादिङ क्षेत्र नम्बर २ बाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापामगरले आज सामाजिक सञ्जालमार्फत केन्द्रीय सदस्यमा खुला महिलातर्फबाट उम्मेदवारी दिने घोषणा गरेकी हुन्। 

ad

उनले राजनीति पद र जिम्मेवारीमा मात्र सीमित नभई जनताको विश्वास, अग्रजको आशीर्वाद र सहयात्रीको साथबाट अघि बढ्ने निरन्तर यात्रा भएको बताएकी छन्। 

कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै अग्रजहरूले देखाएको बाटो पछ्याउने तथा युवापुस्ता र महिलाको सम्मानजनक सहभागिता, अवसर र नेतृत्वलाई थप बलियो बनाउने आफ्नो संकल्प रहेको थापामगरले बताएकी छन् ।