नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै भरत वडायर जोशीले ३५ वर्षमुनिका युवा (खुला) समूहबाट सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। उनी डडेल्धुरा जिल्लाबाट ३५ वर्षमुनिको युवा खुला तर्फ बाट महाधिवेशन प्रतिनिधीमा सर्वसम्मत निर्वाचित भएका हुन्।

परशुराम नगरपालिकाका निर्वाचित निवर्तमान नगर सभापति जोशी २८ वर्षको उमेरमै २०७९ सालको स्थानीय निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएका थिए। जोशी सुदूरपश्चिमका कान्छा नगर प्रमुखका रूपमा परिचित छन्।

ad

राजनीतिमा आउनुअघि जोशीले Chinese Academy of Sciences बाट Atmospheric Physics मा Master's गरी उनी Research Field मा संलग्न थिए। उनका अध्ययन तथा अनुसन्धानमुलक लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।

कोरोना महामारीका समयमा आफ्नै गाउँठाउँमा बसेर दीर्घरोगी तथा वृद्धवृद्धालाई निःशुल्क औषधि उपलब्ध गराउनेदेखि नगरभरिका क्वारेन्टाइन व्यवस्थापनमा टिमसहित नेतृत्व गरेका जोशीले त्यही अनुभवबाट नेपालमै बसेर जनसेवा गर्ने निर्णय गर्दै राजनीतिमा प्रवेश गरेका थिए।

त्यसपछि तत्कालिन समयमा नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुँदै परशुराम नगर सभापतिमा निर्वाचित भए र लगत्तै भएको २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भए । नगर प्रमुखकाे कार्यकाल यही वैशाखमा ५ वर्ष पुग्दैछ।