काठमाडौं । मनाङस्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएका थप चार जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ।

बेपत्ताको खोजी तथा उद्धारमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले शुक्रबार थप चार शव फेला पारेको हो। पासाङकाजी शेर्पाको नेतृत्वमा रहेको अनुभवी माउन्टेन गाइड टोलीले प्रतिकूल मौसमबीच खोजी कार्यलाई निरन्तरता दिएको थियो।

ad

एसोसिएसनका अनुसार हिमपहिरोमा परेका १६ जनामध्ये अहिलेसम्म ११ जनाको शव भेटिएको छ। अझै पाँच जना बेपत्ता छन्।

गत ९ असोजदेखि मौसम प्रतिकूल बनेपछि हिमलुङ हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोले हिमालको आधार शिविर क्षेत्रमा रहेका आरोही तथा सहयोगी टोलीलाई प्रभावित पारेको थियो।

बेपत्ता रहेकाहरूको खोजीका लागि उद्धार टोलीले थप अभियान जारी राखेको एसोसिएसनले जनाएको छ।