
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन्।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार मध्यरात १२ बजेदेखि प्रतिनिधि सभा र राष्ट्रिय सभाका चालु अधिवेशन अन्त्य गरेका हुन्।
राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
असोज १३ गते बसेको मन्त्रिपरिषदको बैठकले दुवै सदनको चालु अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो।









Facebook Comments