
काठमाडौं । सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईलाई पक्राउ गर्नुको आधार र कारण खुलाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई आदेश दिएको छ।
न्यायाधीश हरि फुयालको इजलासले प्रसाईको पक्राउबारे ४८ घण्टाभित्र लिखित जवाफ पेस गर्न साइबर ब्युरेका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
प्रसाईलाई प्रहरीले पछिल्लो पटक असोज १२ गते पक्राउ गरेको थियो। उनको पक्राउलाई लिएर दायर भएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले पक्राउको कानुनी आधार स्पष्ट पार्न प्रहरीलाई आदेश दिएको हो।
अब साइबर ब्युरेले प्रसाईलाई कुन कसुरमा, के आधारमा र किन पक्राउ गरिएको हो भन्ने विवरणसहितको जवाफ अदालतमा पेस गर्नुपर्नेछ।
सर्वोच्चको आदेशपछि प्रसाईको पक्राउ कानुनी रूपमा उचित रहेको वा नरहेको विषयमा अदालतमा थप सुनुवाइ हुने बाटो खुलेको छ।









Facebook Comments